सप्तरी/चैत ६ गते । सप्तरी र धनुषाको छुट्टाछुट्टै घटनामा परि तीनजनाको मृ त्यु भएको छ ।
शनिबार अपरान्ह जनकपुरधामको अरगजा पोखरीमा १२ वर्षीय कर्णकुमार दासको मृ त्यु भएको छ भने मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृ त्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुवेका बालकलाई उद्धारगरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि उनको बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ । यादवको भने भौंलाई कलमा नुहाउने क्रममा करेन्ट लागेर मृ त्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृ त्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वालाका ५५ वर्षीय दुखीलाल लेखीको मृ त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृ त्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।













Discussion about this post