nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चीनमा कोरोना बारे समाचार लेख्ने पत्रकारलाई पाँच बर्षको जेल सजाय

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २, २०७७, ८:०६ मध्यान्ह
चीनमा कोरोना बारे समाचार लेख्ने पत्रकारलाई पाँच बर्षको जेल सजाय

एजेन्सी।चीनले कोरोना भाइरसबारे समाचार लेख्ने एक पत्रकारलाई पाँच वर्ष जेल सजाय दिने भएकाे छ। ३७ वर्षीय पूर्व वकिल समेत रहेकी झाङ झानलाई गत मे देखि प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

सार्वजनिक भएका केही कागजात अनुसार उनलाई पाँच वर्षसम्मको जेल सजाय दिन लागेको हो। 

उनीमाथि झगडा गराएको र समस्या उत्पन्न हुने गरी भड्काएको आरोप लगाइएको छ। चीनले यस्तो मुद्दा विशेष गरी चिनियाँ अभियन्ताहरूमाथि लगाउने गरेको छ। 

यसरी चीनले वुहानमा देखिएको करोना भाइरसबारे रिपोर्टिङ गर्ने झाङलाई मात्रै नियन्त्रणमा लिएको भने होइन।

गत फेब्रुअरी देखि कम्तिमा पनि तीन जना पत्रकार बेपत्ता भएका छन्। तीमध्ये एक ली जिहुवा गत अप्रिलमा फेला परेका थिए। उनले आफू क्वारेन्टिनमा बसेको जानकारी गराएका थिए।

त्यस्तै दोस्रो पत्रकार चेन कुइशीलाई सरकारको निगरानीमा राखिएको खुलेको थियो। तर तेस्रो पत्रकार फाङ विन भने अझै बेपत्ता छन्। 

सार्वजनिक भएको अभियोगपत्र अनुसार पत्रकार झाङ गत फेब्रुअरीमा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ गर्न वुहान पुगेकी थिइन्। जहाँ उनले विभिन्न मुद्दामा समाचार लेखेकी थिइन्।

नेटवर्क अफ चाइनिज ह्युमन राइटस् डिफेन्डर्स (सिएचआरडी)का अनुसार पत्रकारहरूलाई पक्राउ गरेको र उनीहरूका परिवारमाथि भएको दुर्व्यवहारबारे उनले समाचार लेखेकी थिइन्।

तर गत मे १४ मा उनी वुहानबाट बेपत्ता भएकी थिइन्।

एक दिनपछि उनलाई साङ्घाइको प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो। जुन वुहानबाट ६ सय ४० किलोमिटर टाढा छ।

गत जुन १९ मा भने उनलाई आधिकारिक रूपमा साङ्घाइबाट पक्राउ गरिएको थियो। त्यसको झन्डै तीन महिनापछि मात्रै वकिललाई उनीसँग भेट्न अनुमति दिइएको बिबिसीले जनाएको छ।

सिएचआरडीका अनुसार पक्राउविरूद्ध पत्रकार झाङ अनशन समेत बसेकी थिइन्।

सेप्टेम्बर १८ गते उनका वकिलले उनीमाथि अभियोग लगाएकोबारे फोनमार्फत जानकारी पाएका थिए।

यद्यपि गत शुक्रबारमात्रै उनीमाथि मुद्दा चलाइएको थियो। 

सोमबार सार्वजनिक भएको अभियोग पत्रमा उनीमाथि ‘लेख, भिडिओ र अरू मिडियाका माध्यम विच्याट, ट्वीटर र युट्युब लगायतबाट गलत सूचना फैलाएको’ आरोप लगाइएको छ।

त्यस्तै उनीमाथि ‘द्वेषपूर्ण रूपमा’ वुहानमा भाइरस फैलिएकोबारे विदेशी मिडियालाई अन्तर्वार्ता दिएको पनि आरोप लगाइएको छ। 

उनलाई चार देखि पाँच वर्षको सजाय दिन सुझाव दिइएको छ।

झाङलाई त्यसरी चिनियाँ प्रहरी तथा अधिकारीहरूले दुख दिएको पहिलो पटक भने होइन।

सिएचआरडीका अनुसार सन् २०१९ सेप्टेम्बरमा साङ्घाइ प्रहरीले उनलाई बोलाएको थियो। हङकङका अभियन्ताहरूबारे समाचार लेखेपछि प्रहरीले उनलाई बोलाएको थियो।

त्यतिबेला प्रहरीले उनलाई नियन्त्रणमा लिँदा जबरजस्ती मनोचिकित्सकसँग जाँच गर्न लगाएका थिए। 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!