nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सीमामा प्राण त्यागेका वीरेन्द्र, जसलाई वैदेशिक रोजगारी अभिशाप बन्यो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०७७, १०:३९ बिहान
सीमामा प्राण त्यागेका वीरेन्द्र, जसलाई वैदेशिक रोजगारी अभिशाप बन्यो

जनकपुरधाम । तीन पटक खाडी मुलुक जाँदा पनि कमाउनुको साटो ऋणमाथि ऋण थपिएको थियो ।
परिवारमा खाने मुख बढ्दै थियो । उमेर ढल्कदै गएका बाबुको स्याहार सुसारका लागि मात्र होइन, हुर्किँदै गरेको छोराछोरीको भविश्यका लागि उनले कमाउनुको विकल्प थिएन ।
त्यसैले छ महिनाकी छोरीलाई छाडेर उनी भारत लागे । हरियाणामा होटलमा काम गर्न थालेको एक महिना पनि पुगेको थिएन, लकडाउनले रोजगारी खोस्यो ।
तै पनि उनले हिम्मत हारेका थिएनन् । सबथोक ठीक हुन्छ, सबै ऋण तिर्छु र घरको आर्थिक अवस्था पनि सुधार्छु भनेर परिवारलाई आश्वस्त पारिरहेका थिए । हरियाणाबाट हिँडेर सीमा क्षेत्रसम्म आइपुगेका थिए । तर १७ दिन भोक्कै प्यासै हिँडेका उनी घर आइपुगेनन्, सीमा क्षेत्रमा प्राण त्यागे ।
यो वियोगात्मक कथा हो, १४ जेठमा धनुषाको जटही सीमामा मृत्युवरण गरेका वीरेन्द्र यादवको ।
‘फागुनमा उहाँ भारत जानुभएको थियो’ वीरेन्द्रका भाइ धीरेन्द्र भन्छन्, ‘होटलले शुरुमा महिनाको ५ हजार भारु दिने र क्रमशः बढाउने बताएको थियो । तर काम शुरु गरेको महिना दिन नपुग्दै लकडाउन सुरु भएपछि त्यो पनि गुम्यो ।’
२४ मार्चमा २१ दिनका लागि घोषणा भएको लकडाउन थप लम्बिएपछि वीरेन्द्रले घर आउने निर्णय गरे । १७ दिन हिँडेपछि नेपालको सीमा नाकामा आइपुगेका थिए । उनले परिवारका सदस्यहरुलाई बताएअनुसार खल्तीमा पैसा थिएन । बाटोमा कसैले सहयोग गरे, हात थापेर खान्थे । नभए भोकभोक्कै हिँड्थे ।
‘दाजुले भोकले बेहोस हुन लागेको छु, छिटो लिन आऊ भनेर फोन गर्नुभएको रहेछ’ भाइ धीरेन्द्र भन्छन्, ‘एम्बुलेन्स लिएर गयौं, तर दाजुलाई ज्युँदै ल्याउन सकेनौं ।’
उनकाअनुसार वीरेन्द्रले सहयोग माग्दै फोन गर्दा राति १० बजे बजिसकेको थियो । परिवारका सदस्यहरुले एम्बुलेन्स खोजे, वडाध्यक्ष र मेयरसँग हार गुहार गरे । तर सहयोग पाएनन् । जनप्रतिनिधिहरुले ‘राति केही हुँदैन, बिहान गर्छु’ भनेपछि आफ्नै प्रयासमा एम्बुलेन्स खोजेर आफूहरु जटहीसम्म पुगेको धीरेन्द्रले बताए ।
उनी एम्बुलेन्स लिएर जटही नाकामा पुग्दा भारतबाट आएका झण्डै २०० मानिस त्यहाँ थिए । सीमा नाकामा खटिएका सुरक्षाकर्मीले दाजुलाई भेट्न नदिएपछि धीरेन्द्रले पुनः मेयरलाई फोन गरे । ‘उहाँ (मेयर)ले कुनै रेस्पोन्स गर्नुभएन’ धीरेन्द्र भन्छन्, ‘दाजुको मृत्यु भइसकेपछि बल्ल उहाँ आइपुग्नुभयो ।’
कतार, साउदी, कुवेतदेखि भारतको यात्रा
नेपाल–भारत सीमामै प्राण त्यागेका ३० बर्षीय वीरेन्द्र पहिलो पटक रोजगारी खोज्न विदेशिएका होइनन् ।
उनी कतार, साउदी र कुवेत गइसकेका छन् । तर वीरेन्द्रलाई खाडी मुलुक फापेन । एजेन्टमार्फत कतार गएका उनी भनेजस्तो काम नपाउँदा केही दिनमै फर्किए । राम्रो कामको लोभ देखाएपछि उनी साउदी गए । त्यहाँ पनि राम्रो काम नपाएपछि फर्किएर आएको सम्झन्छन् उनका पिता रामजतन ।
‘घरको जेठो छोरा आफ्नो जिम्मेवारी बुझेका थिए’ रामजतनले बताए, ‘त्यही भएर दुई पटक विदेश गए तर राम्रो काम नपाउँदा फर्केर आयो ।’ दुई पटक वैदेशिक रोजगारीमा जाँदा परिवारमाथि झण्डै ३ लाख रुपैयाँ ऋण लागिसकेको थियो । वैदेशिक रोजगारीमा जान लिएको ऋण कसरी तिर्ने ? वीरेन्द्रले थप एक लाख ऋण खोजे र कुवेत लागे । दुर्भाग्य ! त्यहाँ पनि राम्रो काम पाएनन् । उनी छाटो समयमा नै नेपाल फर्किए ।
फेरि खाडी मुलुक नजाने सोचमा रहेका उनलाई साथीभाइले भारतमा राम्रो कमाई हुने सुनाए । त्यही सोचमा उनी फागुनमा भारततर्फ लागे । उनलाई भारतको रोजगारी पनि फापेन । र, घर फर्किने क्रममा बाटैमा प्राण त्यागे ।
अब कसरी तिर्ने ऋण ?
वीरेन्द्रको परिवार धनुषाको शहीद नगरपालिका वडा नम्बर ९ स्थित गोठ कैलपुरमा बस्दै आएको छ ।
उनी हुर्किँदै गर्दा आमाको निधन भयो । बुबा रामजतनले अर्काे बिहे गरे । सबै मिलेरै बसेका थिए । घरघडेरी बाहेक ५ कठ्ठा जग्गा थियो र भैंसी पालेका थिए । खेतीबारी गरेर परिवार पाल्दै आएका रामजतनले दुई जना हुर्किएपछि दुःखका दिन जाला भन्ने आश गरेका थिए । झन् जेठा छोरा वीरेन्द्र वैदेशिक रोजगारीमा गएपछि त उनी निकै आशावादी बनेका थिए । तर त्यसो भएन । दुःख भगाउने आश गरिएका छोरा सधैंका लागि गुमाउन पुगेका छन् ।
‘बुवा तपाईं चिन्ता नगर्नुस्, म ऋण तिरेर परिवारको अवस्था राम्रो बनाउँछु भन्थ्यो’ रामजतन भन्छन्, अब यत्रो ऋण कसरी तिर्ने ? सबै जग्गा जमिन बेच्दा पनि पुग्दैन ।’
सविताले पति गुमाएकी छन् र अढाई बर्षका छोरा र ६ महिनाकी छोरीले बुबा गुमाएका छन् । वीरेन्द्रको मृत्युपछि अढाई बर्षका छोराले मुखाग्नी दिएर क्रिरिया बसेका छन् । श्रीमान बितेपछि शोकमा डुबेकी सवितालाई अब साना छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ताले सताउन थालेको छ ।
वीरेन्द्रको परिवारलाई शहीद नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा मेयर उदय बरबरियाले गरेका छन् । वीरेन्द्रका पिता रामजतन भन्छन्, ‘समयमा सीमाबाट ल्याउन पहल गरिदिएको भए छोरा बाँच्थ्यो । हामीमाथि यो बज्रपात आउँदैन्थ्यो ।’

सभार : अनलाइन खबर

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!